असोज ५, याङ्वरकफोकस । विश्व ब्यापी रूपमा फैलिएको कोरोनाको महामारीबाट उत्पन्न संकटलाई मध्यनजर गर्दै श्रीप्रसाद माबाे र लिला सेलिङ(माबो)ले लाखाैकाे घरभाडामा छुट दिएका छन् । काठमाडौ काेटेश्वर-३२ मा रहेको घरमा कोठा लिएर बस्ने एकै परिवार लाई ५ महिनाको घरभाडा करिब १ लाख २५ हजार भन्दा बढि छुट गरिदिएका हुन् ।
माबो दम्पती पाँचथर जिल्ला याङ्वरक गाउँपालिका-४ का स्थायी बासिन्दा हुन् । उक्त दम्पतीको काठमाडौ कोटेश्वर-३२ मा अस्थायी घर रहेको र अहिले परिवारनै बेलायत बसोबास गर्दै आएका छन् । आदिवासी जनजाती महासंघ युकेका उपाध्यक्ष समेत रहेकी लिला सेलिङ(माबो) पहिलाे बेलायती-नेपाली महिला काउन्सिलको उम्मेद्वार समेत हुन् । लिला सेलिङ(माबो) बेलायतको दाेस्रो ठूलो दल लेबर पार्टीबाट दुई पटक काउन्सिलर पदका लागी उम्मेद्वार दिएकी थिइन् ।
Discussion about this post