असोज ७, याङ्वरकफोकस । लिम्पियाधुरा सहित नक्सा अनुसार क्षेत्रफल समेटेर पाठ्यक्रम विकास केन्द्रले तयार पारेको ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ नामक पुस्तकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुस्तक छपाई तथा वितरण नगर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएका छन् ।
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले पुस्तक वितरण नगर्न निर्देशन दिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेल बताएका छन् । उक्त पुस्तकमा नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ६४१.२८ वर्ग किलोमिटर लेखिएको छ । नाबी, कुटी, गुञ्जी लगायत लिम्पियाधुरा क्षेत्र समेट्नु अघि नेपालको क्षेत्रफल १ लाख ४७ हजार १८१ वर्ग किमि मात्र थियो । पाठ्यक्रम विकास केन्द्रले विज्ञ तथा सरोकारवाला लाई लक्षित गरेर जम्मा ५०० प्रतिमात्र प्रकाशन भएको बताएका छ ।
Discussion about this post