असाेज-७, बुधवार । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यको रूपमा काम नगराउन सर्वोच्चले अन्तरिम आदेश दिएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले बुधबार यस्तो आदेश दिएको हो ।
संवैधानिक नैतिकताको सिद्धान्त समेतलाई दृष्टिगत गरी दीर्घकालसम्म स्थायी संवैधानिक मान्यता कायम गरिनु पर्ने सर्वोच्चको आदेशमा उल्लेख छ । साथै सर्वाेच्चले गौतमलाई संवैधानिक जिम्मेदारी दिने, लिने कार्य नगर्नू/नगराउनू भनी अन्तरिम आदेश समेत जारी गरिदिएको छ । इजलासले असोज १४ गते रिटका दुबै पक्षलाई छलफलका लागि डाकेको छ । गौतमको नियुक्ति संविधानविपरीत भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सोमबार सर्वोच्चमा रिट दिएका हुन् ।
पूर्वअर्थमन्त्री युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको अवधि सकिएपछि गौतमलाई सरकारले सिफारिस गरेको थियो।
Discussion about this post