असोज ७, याङ्वरकफोकस । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशिका अनुसार पाँचथरकाे थर्पू माविमा असाेज ११ बाट सिकाई सहजिकरण हुने भएकाे छ । गत भदौ १९ गते बसेको मन्त्रीस्तरीय बैठकबाट जारी विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार विद्यार्थी सिकाइ सहजीकरण संचालन हुने भएकाे हाे ।
विश्वव्यापी रूपमा फैलिएको काेभिड-१९ काे महामारीका कारणले लामो समयदेखि नियमित रूपमा पठनपाठन तथा शैक्षिक गतिबिधिहरु सन्चालन नहुँदा सिकाइ प्रकृयाबाट बन्चित विद्यालय उमेरका बालबालिकाहरूलाई सिकाई सहजिकरण गरिने भएकाे छ । डब्लुएचओले निर्धारण गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै असोज ११ गते आइतबार देखी ७ वटा केन्द्र स्थापना गरी बिहान ११ बजे देखि २ बजेसम्म थर्पु माविमा सिकाइ सहजीकरण गरिने विद्यालय स्राेतले जनाएकाे छ ।

Discussion about this post