असोज ७, याङ्वरकफोकस । पाँचथरकाे याङ्वरक-३ मा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली काङ्ग्रेसका सयौं नेता तथा कार्यकर्ता जनता समाजवादी पार्टी(जसपा)मा प्रवेश गरेका छन् । नेकपाका स्थानीय नेता बिर्ख नुगाेकाे नेतृत्वमा अन्य कार्यकर्ता र नेपाली काङ्ग्रेसका स्थानीय युवा नेता समीर याेङ्याकाे नेतृत्वमा ठुलो सङ्ख्यामा जसपा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रम मा नव प्रवेश गरेका सबैलाई जसपाका याङ्वरक पार्टी अध्यक्ष श्री सेलिङ र सचीव गगन लिम्बु ‘गोर्खे’ द्वारा खादा लगाएर स्वागत गरिएको जसपाका लिम्बुवान राष्ट्रिय सचीव टंक सेलिङले याङ्वरकफोकसलाई जानकारी दिए ।


जसपाका जिल्ला उपाध्यक्ष भरत राईले आगामी ७ बर्ष अर्थात् अर्को स्थानीय चुनावमा जसरी पनि वार्डअध्यक्ष जित्ने र १० बर्ष भित्र याङ्वरक कब्जा गर्ने योजना रहेको समेत बताएका छन् । त्यस्तै आगामी दिनमा याङ्वरकमा जसपालाई सत्तामा ल्याउन हरेक विकल्पका काम गर्ने लिम्बुवान राष्ट्रिय समितिका सचिवालय सदस्य सन्जिव योङ्याले बताए ।
Discussion about this post