असोज ७, याङ्वरकफोकस
नेपाल र चीनको सिमाना हुम्लामा हराएको ११ नम्बर को पिल्लर बुधबार भेटिएको छ।
हुम्ला का प्रमुख जिल्ला अधिकारी चिरिञ्जीवी गिरीको नेतृत्वमा खटिएको सीमा निरीक्षण टोलीले नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीको ताकु लेकमा हराएको ११ नम्बर को पिल्लर फेला परेको भनी नाम्खा गाउँपालिका अध्यक्ष विष्णु लामाले बताएका छन्।
समुन्द्री सतहबाट ५ हजार २ सय २० मिटर उचाइमा पिल्लर भेटिएको थियो। वि.स. २०१९ सालमा गाडिएको उक्त पिल्लर २०६४ सालदेखी हराएको थियो र सशस्त्र प्रहरीले खोजी गर्दा पनि भेटाएको थिएन।
Discussion about this post