असोज ८, याङ्वरकफोकस
ताप्लेजुङ सिरिजंघा गाउँपालिका-८ याम्फुदिन मा बुधबार राती २२ बर्षिय लाक्पा भोटेले आफ्नै ठूलीआमा ६० बर्षिय फुटि भोटे, ३६ वर्षिय पासाङ भोटे र १८ बर्षिय छिरिङ भोटेलाई धारिलो हतियार ले हानेर गम्भीर घाइते बनाएका छन्।
फुटिको टाउको र गर्धन, पासाङको टाउको र हात र छिरिङको टाउको र गर्धनमा चोट लागेको छ भनी वडाअध्यक्ष टसि लामाले बताएका छन्। लामा का अनुसार सबै जना सँगै टिभी हेरेर बसेको र सुतेपछि घटना भएको हुन सक्ने अनुमान छ।
खराब मौसमका कारण थप उपचारको लागी अस्पताल लैजान समस्या भएको ले घाइतेहरुको याम्फुदिन स्वास्थ्य चौकीमा प्राथमिक उपचार भइरहेको छ भनी लामाले बताएका छन्। गम्भीर चोट लागेको कारण प्रशासन कार्यालय सँग समन्वय गरेर हेलिकप्टर मगाएको तर मौसम खराब भएको ले हेलिकप्टर आउन समय लाग्ने हुँदा पर्खनेकी बोकेर लैजाने भन्ने दोधार रहेको र एक दिन पैदल यात्रा गर्दा मात्र हप्पुखोला मा गाडी भेटिने छ भनी लामा ले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख महेन्द्र श्रेष्ठको भनाइ अनुसार घटनापछि फरार रहेका लाक्पाको खोजी र घटनाको अनुसन्धान सुरु गरिएको छ। अभियुक्त फरार लामा लाई याम्फुदिन चौकीका असईको कमाण्डमा गएको टोलीले खोजी गरिरहेको छ। -रासस
Discussion about this post