असोज ८, याङ्वरकफोकस
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईको अध्यक्षतामा बिहीबार बसेको उच्चस्तरीय बैठकले आन्तरिक पर्यटन प्रवर्धन गर्न हप्तामा दुई दिन बिदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषद मा पेश गर्ने भएको भएको छ।
पर्यटन मन्त्रालयका सहसचिव तथा पर्यटन महाशाखा प्रमुख प्रदिपकुमार कोइरालाको संयोजकत्वमा, पर्यटन विभागका प्रमुख रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनञ्जय रेग्मी सदस्य रहेको एक समिति गठन गरि अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारेपछि मन्त्रिपरिषदमा पेश गर्ने निर्णय भएको हो। जसमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिहरुलाई समेत समावेश गरी अध्ययन प्रतिवेदन तयार गरिने छ। -रासस
Discussion about this post