असोज ८, याङ्वरकफोकस । पाँचथरकाे तुम्बेवा गाउँपालिकाबाट एक गर्भवती महिलालाई हेलिकप्टरद्वारा उद्धार गरिएकाे छ । लगातार बर्षाका कारण सवारीमा कठिनाई हुने भएर गाउँपालीकाकाे पहलमा धनकुटाकाे चाैबिसे स्थायी घर भएकी एलिसा लिम्बुलाई बिहीबार उद्धार गरिएकाे हाे ।
एलिसा मामली घरमा बस्दै आएका थिए । व्यथाले च्यापेपछी स्थानीय स्वास्थ संस्थामा जाच गर्दा अवस्था गम्भीर भएको कारण स्वास्थकर्मीले अस्पताल लानुपर्ने जानकारी दिएपछी कोशी अस्पताल विराटनगर लगिएको गाउँपालिका अध्यक्ष होमनाथ थापाले बताए ।
जिल्ला प्रशासन मार्फत महिला बालबालिका जेष्ठ नागरिक मन्त्रालयसंग समन्वय गरेर गाउँपालिकाले हेलिकप्टर उपलब्ध गराएको अध्यक्ष थापाले बताएका छन्। लिम्बुको विराटनगर अस्पतालमा सफल उपचार भएको र आमा, बच्चाको अवस्था राम्रो भएको परिवारले बताएका छन् ।
Discussion about this post