असोज ९, याङ्वरकफोकस
गएराती सम्पन्न खेलमा बायर्नले स्पेनिस क्लब सेभियालाई २-१ गोल अन्तरले पराजित गर्दै सुपरकप जितेको छ।
खेलको १३औ मिनेटमा सेभियाका लागि लुकास ओकाम्पोसले पेनाल्टी मार्फत गोल गरेका थिए भने खेलको ३४औ मिनेटमा बायर्नका लागि लेओन गोरेटज्काले गोल फर्काउदै खेल बराबरी गरेका थिए। खेलको निर्धारित समय ९० मिनेट खेलमा दुवै टिमबाट १-१ गोल भएपछि खेल अतिरिक्त समयमा गएको थियो। बायर्नका लागी खेलको १०४ मिनेटमा जाभी मार्टिनजले निर्णायक गोल गरे संगैै बार्यनले उपाधी जितेको हो।
यो उपाधी सँगै बायर्नले दोस्रो पटक सुपर कप जितेको छ। यस अघि बार्यनले २०१३ मा उपाधी जितेको थियो।
Discussion about this post