असाेज-९, डेस्क । ताप्लेजुङकाे सिरिजंघा गाउँपालिका-८ याम्फुदिनमा ठूलो बुबाको तीनजना परिवारमाथि बाम्फोक प्रहार गरी फरार व्यक्ति पक्राउ परेका छन् । बुधबार राति सुतिरहेको अवस्थामा आफ्नै ठूलीआमा ६० बर्षिया फुटि भोटे, ३६ वर्षिय पासाङ भोटे र १८ बर्षिय छिरिङ भोटेलाई धारिलो हतियार प्रहार गरी फरार रहेका २२ वर्षीय लाक्पा शेर्पा पक्राउ परेका हुन् ।
सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनका लाक्पालाई बिहीबार याम्फुदिनबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएकाे छ । घाइते सबैको अवस्था चिन्ताजनक भएकाे तथा घटना बारे थप अनुसन्धान भई रहेकाे प्रहरीले जनाएकाे छ ।
र याे पनि,
ताप्लेजुङमा एक युवाले धारिलो हतियार प्रहार गरी तीन जनालाई घाईते बनाए
Discussion about this post