असोज १०, याङ्वरकफोकस । बझाङको मष्टा गाउँपालिकाकी १२ बर्षीया सम्झाना कामीको बलात्कारपछि हत्या गरिएको भन्दै उनका हजुरबुवाद्वारा शुक्रबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् ।
बुधबार साँझ गोठमा गाईबस्तुलाई घाँस हाल्न गएकी सम्झाना गाउँकै शिव मन्दिरमा मृत अवस्थामा फेला परेकी थिइन् । मृत शरीरको तल्लो भागमा लुगा नभएको र यौनांगमा रगत बगेको अवस्थामा भेटिएको थियो।
शुक्रबार मृतकका हजुरबुवाले स्थानीय राजेन्द्र बोहरामाथि जबर्जस्ती करणी पछि हत्या हत्याकाे अभियोगमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएकाे छ ।
Discussion about this post