असोज १०, याङ्वरकफोकस । झापाकाे बिर्तामाेडमा माइक्राेकाे ठक्करबाट पाँचथर याङवरकका एक व्यक्तिकाे ज्यान गएकाे छ । शुक्रबार राती सवा ९ बजे बा ४ ख ५१०० नम्बरको माइक्रोकाे ठक्करबाट पैदल हिडीरहेका याङ्वरक गाउँपालिका-३ का ५० बर्षीय वृखध्वज लिम्बुको ज्यान गएकाे हाे ।
ठक्करबाट गम्भीर घाइते लिम्बुलाई उपचारको लागि अस्पताल लैजादै गर्दा उनको बाटाेमै ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ठक्कर दिने माईक्रो र चालक भद्रपुरका बाबुराम कटेल ईलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
Discussion about this post