असोज १०, याङ्वरकफोकस । सुनसरीकाे धरानबाट विभिन्न राजनीतिक दल परित्याग गरी ३८ युवाहरू संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च नेपालमा प्रवेश गरेका छन् । शुक्रबार संघीय लिम्बुवान यूवामञ्चले जिल्ला अध्यक्ष अमर इजमको प्रमुख आतिथ्यतामा प्रवेश कार्यक्रम सम्पन्न गरेको हाे ।
नव प्रवेशी युवाहरुमा संकल्प राई, सन्धिक राई, सुमन राई, सुन्दर तामाङ्, सुजन तामाङ, आकाश राई, मदन माझी, अरुण लिम्बु, जीवन मगर, विशाल राई, राजकुमार राई, सञ्जे तामाङ, सुदिप तामाङ, सन्देश राई, योगेश तामाङ, अशोक मगर, रक्की मगर, विलम भुजेल, सन्तोष राई, दिपेन श्रेष्ठ, सन्देश राजवंशी, दुर्गे राई, दिपेश भाई, सुजन राई, निर्मल राई, बिजे तामाङ, राईमन राई, विबेक भाई, पासाङ भोटे, सञ्जीव भुजेल, राजन थापा, राजु तामाङ, सौगात राई, धनसिं राई, मनिस राई, नौराज लिम्बु, रुम श्रेष्ठ र निर्मल तामाङ् रहेकाे मञ्चले जनाएकाे छ ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी मञ्चमा प्रवेश गरेका युवाहरुलाई प्रमुख अतिथि इजमले खाँदा ओढाएर पार्टीमा स्वागत गरेका थिए । कार्यक्रम संघीय लिम्बुवान युवा मञ्च, धरानका युवा इन्चार्ज रमेश राईको अध्यक्षता तथा मञ्चका नगर अध्यक्ष सञ्जुहाङ् सांवाको उपस्थितमा सम्पन्न भएको हाे ।
Discussion about this post