असोज १०, याङ्वरकफोकस । पाँचथरकाे फालेलुङ गाउँपालिकामा लिम्बुवानकाे एक दिने राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च नेपाल फालेलुङको आयोजनामा प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न भएको हाे ।
विद्या प्रचार मावि नाम्लुवाकाे भवनमा सम्पन्न प्रशिक्षणमा ४२ नेता तथा कार्यकर्ताकाे सहभागिता रहेकाे थियाे ।विश्वव्यापी रूपमा फैलिएको काेभिड-१९ काे महामारीलाई मध्यनजर गर्दै डब्लुएचओले निर्धारण गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै कार्यक्रम सम्पन्न गरिएकाे संघीय लिम्बुवान मञ्च नेपालका जिल्ला अध्यक्ष सागर केरुङ्ले बताए । कार्यक्रममा जिल्ला सदस्यद्वय प्रकाश केरुङ्, तिलबहादुर केरुङ्, संघीय बिद्यार्थी युनियन जिल्ला अध्यक्ष सुबास नुनाम केरुङ, संघीय युवा मञ्च, जिल्ला सचिव रामचन्द्र नेम्बाङ, सहसचिव गगन जबेगु, सदस्य सुजन मादेन लगायत फालेलुङ गाउँपालिका कार्यसमितिका नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियाे ।
कार्यक्रम गाउँपालिका अध्यक्ष कुमार केरुङ्को अध्यक्षतामा तथा सचिव कुमार यवाको सञ्चालनमा सम्पन्न भएको हाे ।
Discussion about this post