असोज १०, याङ्वरकफोकस । रौतहटको देवाही गोनाही नगरपालिकामा हतियारधारी समूहले एक दम्पती माथी आक्रमण गर्दा श्रीमतीको ज्यान गएकाे छ । आक्रमणमा परि श्रीमानको अवस्था गम्भीर छ ।
देवाही गोनाही–५ टिकुलियामा चारजनाको समुह भएर आएका व्यक्तिहरु महेश तिवारी र उनकी पत्नी जगरामी देवीमाथि आक्रमण गरेका हुन् । धारिलो हतियार प्रहार गर्दा घाइते भएका तिवारी दम्पतीलाई उपचारका लागि वीरगञ्ज लगिएको र उपचारकै क्रममा शनिबार जगरामीको ज्यान गएको हाे । महेश तिवारीको अवस्था भने गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएकाे छ ।
जग्गा विवादमा साक्षी बसेको भन्दै तिवारी दम्पती माथी आक्रमण भएको प्रहरीको प्रारम्भिक अनुमान छ। घटनामा संलग्न बलीराम मुखिया बिन पक्राउ परिसकेका छन् भने बाँकीको खोजी भइरहेको प्रहरीले जनाएकाे छ ।
Discussion about this post