असोज ११, याङ्वरफोकस । ताप्लेजुङमा ट्याक्टरबाट खसेर एक जनाकाे ज्यान गएकाे छ । आइतबार मेची राजमार्ग अन्तर्गत फुङलिङ नगरपालिका-७ बहानन्दे सडकखण्डमा गुडिरहेको ट्याक्टरबाट खसेर स्थानीय २७ बर्षीय दीपेन्द्र ओख्राबुको ज्यान गएकाे हाे ।
ना ६ त ३००० नम्बरको ट्याक्टर काबेलीबाट बालुवा बोकेर सदरमुकाम तर्फ गईरहेकाे बेला ओख्राबुकाे ट्याक्टरबाट खसेर घटनास्थलमै ज्यान गएकाे जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले जनाएकाे छ। ट्याक्टर डेविट खिम्दिङ निर्माण कम्पनीको नाममा रहेको र घटना पछि चालक फरार रहेकाे प्रहरीले जनाएकाे छ ।
Discussion about this post