‘खाडिकी लाहुरेनी’ युएईमा रोजगारीसँगै समस्यामा परेका नेपाली कामदारहरुको उद्दार तथा नेपाल फिर्तीका लागि समयले भ्याएसम्म लागी पर्छिन ।
असाेज-१२, युएई । सामाजिक सञ्जाल फेसबुक र टिकटकमा ‘खाडिकी लाहुरेनी’काे रुपमा भाईरल सुबि बुढाथाेकिकाे स्थायी घर सिन्धुली हाे । उनी दुबईको एक पार्लरमा विगत ५ वर्षदेखि म्यानेजरकाे रूपमा कार्यरत छिन् । कोभिड-१९ का कारण युएईमा अलपत्र परेका नेपाली कामदारहरुको सहयोगका लागि सामाजिक सञ्जालमा पनि त्यतिकै सक्रिय छिन् । कामबाट फुर्सद मिल्ने बित्तिक उनी समस्यामा परेका नेपालीहरुकाे सहयोगका लागि क्रियाशील हुन्छिन् ।
काेभिड-१९ का कारणले राेजगारी गुमाएका, तलब नपाएका र भिजिट भिसामा युएई आएर अलपत्र परेका नेपालीहरुलाई उनको नेतृत्वमा सहयोग जुटाएर र समन्वय गरेर हवाई टिकट समेत उपलब्ध गराएकी छिन् । उनकाे पहलमा गत १९ सेप्टेम्बरमा ४ जना नेपाली युवाहरु नेपाल फर्किसकेका छन् । यसरी फर्काईएकामा भिजिट भिसामा युएई आएर अलपत्र परेका चितवनका अशोक दराई र बुद्धिबहादुर, लमजुङका विकास गुरुङ र गोरखाका नेत्रबहादुर थापा मगर हुन् । उनकै पहलमा अन्य ११ जनालाई पनि नेपाल पठाउने तयारी भइरहेको उनले जानकारी दिए ।
आफ्नो चिनजानका साथीहरू र विदेशी सहयोगी दाताहरूको सहयोगमा समस्यामा परेका नेपालीहरुलाई आवश्यक समन्वय गरेर सहयाेग गरेकाे सुबिले बताएकी छिन् । फेसबुक र टिकटकमा ‘खाडीकाे लाहुरे’ भन्ने अभिव्यक्ति दिएर आलोचना संगै समर्थनको पनि पाईरहने सुबी ती प्रतिक्रियाहरुले अझ उर्जा मिलेको र समाजसेवाको अभियानमा सामाजिक संजालले सहयोग नै पुर्याउने गरेको बताउछिन् ।
जेबल अलीको एक फेसिलिटी म्यानेजमेन्ट कम्पनीमा कार्यरत १७ जना नेपाली कामदार ओभरस्टे जरिवाना तिर्न नसकेर एयरपोर्टबाट फिर्ता भएकाहरुलाई सुबीले दाल, चामल लगायतका पाँच सय दिरहाम(नेपाली लगभग १६ हजार रुपैयाँ) बराबरकाे सामग्री सेप्टेम्बर २७ आइतबार उपलब्ध गराएकी छिन् ।
काेभिड-१९ को कारण राेजगारी गुमेकाे र हाल उनीहरूलाई सामाजिक अभियन्ता उत्तम भण्डारीले बर् दुबईको आफ्नो कोठामा आश्रय दिइरहेका छन् । सम्बन्धित कम्पनी र एनआरएन युएईले सुरुमा सहयोग गरे पनि अहिले वास्ता नगरेको र नेपाली दूतावासले प्रभावकारी तरिकाले कम्पनीलाई दबाब नदिएकाले आफुहरु बिचल्लीमा परेको पीडितहरुकाे गुनासाे छ ।
Discussion about this post