असोज १३, याङ्वरकफोकस
गएराती सम्पन्न इङलिश प्रिमियर लिग खेलमा लिभरपुलले आर्सनललाई ३-१ गोल अन्तरले पराजित गर्दै लगातार तेस्रो जित गर्दै ९ अंक हासिल गरेका छन्।
लिभरपुलको जितमा साडियो माने आन्ड्रीयू रोबेर्टसन र डिओगो जोटाले एक एक गोल गरेका थिए। वोल्भर हम्पटन बाट लिभरपुल आएका पोर्चुगिज विंगर जोटाले लिभरपुलका लागी डेभ्यु खेलमा नै गोल गरेर राम्रो शुरुवात गरेका छन्।
त्यस्तै आर्सनलका लागी अलेक्जेन्डर लकाजेटेले एक गोल गरेका थिए।
Discussion about this post