असोज १३, याङ्वरकफोकस । गत सनिवार जिल्ला सभाको उद्घाटन गर्न गृहजिल्ला पाँचथर आएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्बाङले काममा ढिलाइ गर्ने ठेकेदारहरुलाई कडा कारबाही हुने बताएका छन् । मन्त्री नेम्वाङले अब कसैले कुनै पनि बहानामा आफ्नो जिम्मेवारी ढिलासुस्ती गर्न नपाउने बताएका हुन् ।
‘सरकारले कबोल अनुसार पैसा दिएर निर्माणको ठेक्का दिएको हुन्छ र त्यो उनीहरुले समयमा सक्नुपर्ने हुन्छ।’ नेम्बाङले भने-‘समयअवधीमा काम नसकेको कारण नकारात्मक टिप्पणी सरकारले खेप्नुपरेको छ ।’
नेम्बाङले नेपालमा पूर्वाधार विकासको कामले पनि गति लिएको र देश समृद्धिको बाटोमा अघि बढाउन सबैले आ-आफ्नो क्षेत्रबाट योगदान गरिदिन आग्रह समेत गरेका छन्।
Discussion about this post