असोज १४, याङ्वरकफोकस
गएराती (मंगलबार) भएको आइएफएल खेलमा टोटनह्यामले चेल्सीलाई टाइब्रेकरमा हराउदै लिग कप (आइएफएल कप) को क्वाटरफाइनलमा प्रवेश गरेको छ।
खेलको १९ औँ मिनेटमा तिमो वेर्नरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए र टोटनह्यामले खेलको ८३ औं मिनेटमा एरिक लामेलाले गोल गरे संगै खेल बराबरी भएको थियो।
निर्धारित समय ९० मिनेटको खेल १-१ बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकर भएको थियो। टाइब्रेकरमा टोटनह्याम ५-४ ले विजयी भएको छ। चेल्सीका म्यासन माउन पेनाल्टीमा चुकाउनु पुगेका थिए।
Discussion about this post