असोज १४, याङ्वरकफोकस
नेपाल प्रहरीको तथ्यांक अनुसार २०७२/७३ देखि २०७६/७७ सम्मको ५ बर्षमा बलात्कारका ८ हजार ७४ घटना र बलात्कार प्रयासका ३ हजार १ सय ८८ वटा केस प्रहरीमा दर्ता भएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष ०७२/७३ मा १ हजार ८०, २०७३/७४ मा १ हजार ३ सय ३१, २०७४/०७५ मा १ हजार ४ सय ८०, २०७५/७६ मा २ हजार २ सय ३० र २०७६/७७ मा २ हजार १ सय ४४ जनामाथि बलात्कार भएको छ । २०७२ देखि २०७६/७७ को अवधिमा क्रमशः ४ सय ५२, ५ सय ३६, ७ सय २७, ७ सय ८६ र गएको बर्ष ६ सय ८७ जनामाथी बलात्कार प्रयास भए।
बलात्कार केसमा सभामुख कृष्णबहादुर महरा देखी नेपाल प्रहरीका एसएसपी सौरभ राणासम्म मुछिए। तर दुवै जनाले आरोपबाट सफाइ पाए।
प्रहरी प्रवक्ता एसएसपी कुँवेर कडायतले देशभर बलात्कार लगायत लैगिक हिंसाका अपराध सम्बन्धी ८५ प्रतिशत घटनामा महिला/बालबालिका पीडित हुने गरेको बताए छन्। – रासस
Discussion about this post