असोज १४, याङ्वरकफोकस । खान बस्न सुबिधा सहित महिनाको ४० देखी ५० हजार रुपैयाँसम्म तलब दिने गरी कोरियन घर निर्माण प्रा.ली.ले राेजगारी खुलाएकाे छ । देशभर अत्याधिक घर निर्माण गरि ग्राहकको मन जित्न सफल निर्माण कम्पनीले महिला पुरुष दुबैका लागी राेजगारी खुलाएकाे हाे ।
कम्पनीका मेनेजिङ डाईरेक्टर चन्द्र लामा अनुरागले आफ्नाे फेसबुक मार्फत हेल्पर, प्लम्बर, वायरिङ, कलरिङ, वेल्डिङ, ग्रान्डिङ र डकर्मी(मिस्त्री) गरी ७ कार्यक्षेत्रका लागी आवेदन माग गरेका छन् ।


लामाका अनुसार खान बस्न कम्पनीले दिने र निवेदन नि:शुल्क दिन सकिने छ । कम्पनीको नियम अनुसार आफ्नो नेपाली नागरिकताकाे सक्कल, शैक्षिक योग्यताको प्रमाण पत्र(सबै क्षेत्रका लागी एसएलसीसम्म) र अनुभवकाे कागजात अनिवार्य हुनुपर्ने तथा आवेदन कार्तिक मसान्तसम्म खुल्ला रहने जारी आवेदनकाे सुचनामा उल्लेख गरिएकाे छ ।

Discussion about this post