असोज १५, याङ्वरकफोकस । गएराती(बुधबार) भएको स्पेनिस ला लिगा खेलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले संघर्षपूर्ण जित निकालेको छ।
अल्फ्रेदो डि स्टेडियो स्टेफानो रंगशालामा सम्पन्न खेलमा रियलले भाल्लाडोलिडमाथि १-० गोल अन्तरले जित निकालेकाे हाे ।
रियलको जितमा ब्राजिलियन युवा खेलाडी विंगर भिनिसियस जुनियरले ६६ औं मिनेटमा गरेको गोलनै निर्णायक गोल बन्न पुग्याे । जुनियर ५८ औं मिनेटमा लुका जोभिकको ठाउँमा मैदान पसेका थिए।
यस जितसँगै रियलले लिगमा दुई जितमा ७ अंक बनाएको छ। तीन खेल खेलेको रियलले दुई खेल जित र एक खेलमा भने बराबरीमा रोकिएको थियो। पराजित भाल्लाडोलीड भने ४ खेलबाट २ अंक बनाएर अन्तिमको तेस्रो स्थानमा छ।
Discussion about this post