असोज, १७ याङ्वरकफोकस । प्रदेश-५ काे राजधानी दाङ लैजाने बिषयलाई लिएर आन्दोलन चर्किए पछि बुटवलमा ५ जना भन्दा बढी हिड्न निषेध गरिएकाे छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिबार राती ८ बजे सूचना जारी गर्दै असोज १८ गते आइतबार बिहान ६ बजेदेखी २१ गते बेलुका ६ बजेसम्मका लागि केही ठाउँलाई निषेधित क्षेत्र तोकेको छ ।
प्रशासनले प्रदेश सभा रहेको क्षेत्रमा दक्षिणमा इटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इटाभट्टी चोकसम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकेको सूचना मार्फत जनाएको छ।
यस्तै, मन्त्रालयहरु रहेको दक्षिणमा सुन्दर चोक, उत्तरमा भुड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोकसम्म निषेधित गरिएकाे छ।
Discussion about this post