असोज-१८, डेस्क । माेटरसाईकलकाे ठक्करबाट शसस्त्र प्रहरी बल पाँचथरमा कार्यरत सहायक निरिक्षककाे ज्यान गएकाे छ । मोरङ बुढिगंगा-१ का ४२ बर्षीय कमल प्रसाद तावाहाङको मोटरसाईकलको ठक्करबाट ज्यान गएकाे हाे ।
शनिवार राती सवाँ ९ बजे बुढिगंगा-१ राजमार्ग साईटमा पैदल हिडिरहेका तावाहाङलाई लु ६१ प २५०२ नम्बरको मोटरसाईकलले ठक्कर दिदा गम्भीर घाईते भएका थिए । घाईते तावाहाङको बिराट मेडिकल कलेज टिचिङ अस्पताल गंगाचोकमा उपचारको क्रममा आइतवार विहानको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मृतक तावाहाङ सशस्त्र प्रहरी बल पाँचथरमा कार्यरत रहेको र हाल विदामा घर गएका थिए । उता ठक्कर दिने मोटरसाईकल नियन्त्रणमा लिईएको छ भने चालक फरार रहेकाले खोजी भईरहेको प्रहरीले जानकारी दिएकाे छ ।
Discussion about this post