असोज १८, याङ्वरकफोकस
प्रदेश-५ का मुख्यमन्त्री शंकर पोख्रेल चढेको गाडीलाई लक्षित गरी प्रदर्शनकारीहरु ले ढुंङ्गा प्रहार गरेका छन्।
बुटवलको मिलनचोकमा आइतबार प्रदर्शनकारी ले प्रहार गरेको ढुंङ्गाले मुख्यमन्त्री पोख्रेल चढेको गाडीमा सामान्य क्षती भएको र स्कटिङमा रहेका प्रहरीको २ वटा गाडीमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खडगबहादुर खत्रीले बताएका छन् ।
मुख्यमन्त्री पोख्रेल काठमाडौं बाट हवाई मार्फत गौतम बुद्ध विमानस्थल भैरहवा आएका थिए। विमानस्थल बाट बुटवल फर्किदै गर्दा प्रदर्शनकारी द्वारा ढुङ्गा प्रहार भएको थियो।
प्रदेश ५ को राजधानी दाङ देउखुरी प्रस्ताव गरेलगत्तै नेपाली कांग्रेस सहित बुटवलका विभिन्न संघ/संस्था हरु अहिले आन्दोलित छन्।
Discussion about this post