असोज १९, याङ्वरकफोकस
गएराती आइतबार सम्पन्न भएको ला लिगा खेलमा रियल म्याड्रिडले लेभान्टेलाई २-० गोल अन्तरले पराजित गरेको छ।
रियल म्याड्रिडको जितमा भिनिसियस जुनियरले खेलको १६औ मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। खेलको इन्जुरी समयको ९५औ मिनेटमा बेन्जमाले रियलको अग्रतालाई दोब्बर पारेका थिए ।
यस सिजनमा रियल चार खेल खेलेको रियल म्याड्रिड एक खेलमा बराबरीमा रोकिएको थियो। ४ खेलमा १० अंकसहित रियल लिगको शिर्ष स्थानमा उक्लिएको छ ।
Discussion about this post