असोज १९, याङ्वरकफोकस
पान्थर, फेदेन नगरपालिका वडा नं. १० का २९ बर्षिय क्यालट ग्रस्त बिरामी बिशाल केरुङ् बचाउ अभियानको रकम हस्तान्तरण भएको छ।

आइतबार फेदेन स्थित सिङगापुर गेस्टहाउसको सभाहलमा एक कार्यक्रमको आयोजना गरि रकम वितरण गरिएको छ। याक्थुङ युवा मञ्चकि केन्द्रीय उपाध्यक्ष प्रज्ञा इजम र पबित्रा खजुमको सकृयतामा संकलित रकम रु २,३६,३२० रुपैयाँ (दुइ लाख छतिस हजार तिनसय २०) विरामी केरुङ्लाई हस्तान्तरण गरिएको थियो।

सामाजिक सञ्जाल फेसबूकको माध्यमबाट कोरियामा रहनु भएका युगल किशोर सेर्मा, दिपेस पालुङ्वा, खगेन्द्र लिम्बु, पुर्ण प्रयास केरुङ र समीर राई लगायतको सक्रियतामा उक्त संकलन भएको थियो।

बिरामी केरुङ्लाई ठूलो अस्पतालमा लैजान लागिएको तर आर्थिक अभावको कारण सहयोग याचना गरिएको भनी विशाल केरुङ बचाउन अभियानका संयोजक सागर केरुङ्ले बताएका छन्।
Discussion about this post