असोज १९, याङ्वरकफोकस
पान्थरमा ‘युप्पारुङ्’ नामक लिम्बु भाषिक गीतको म्युजिक भिडियो छायांकन आइतबार सम्पन्न भएको छ।
पान्थर जिल्लाको ऎतिहासिक तथा पर्यटकीय स्थल नाम्फुन्यक(लब्रेकुटी), तिलिजङ(सिलाउटी), थाक्के माङहिम(थाक्ले मन्दिर), सुम्हा?लुङ, साधुटार र मिलुङ झरना लगायत विभिन्न रमणीय स्थलहरुमा भिडियोको छायांकन गरिएको छ।
प्रेम पन्धाकको शब्द/संगीत रहेको गीतमा सुनिता सुब्बा र किरन एक्तेनले स्वर दिएका छन् । भिडियो सञ्जय आचार्यले छायांकन गरेका छन् भने सागर केरुङ्ले निर्देशन गरेका हुन् ।
भिडियोमा अमृता जबेगु, आदर्श आङ्देम्बे, रामचन्द्र नेम्बाङ, नोगेन हाङ्सरुम्बा, मनेन्द्र केरुङ, मनकुमार केरुङ, लक्ष्मण तामाङ, धनकुमारी योङ्हाङ लावती, बिक्रम राई, नरबहादुर लावती लगायतलाई देख्न सकिन्छ।
भिडियो केहिदिनमा युट्युबमा सार्वजनिक हुने निर्देशक केरुङ्ले बताए ।
Discussion about this post