असोज १९, याङ्वरकफोकस
मेची राजमार्ग ताप्लेजुङको काबेली फुङलिङ सडक खण्डमा पर्ने खोक्सेखोला नजिकै ट्याक्सी दुर्घटना भएको छ।
सोमबार झापाबाट ताप्लेजुङ गएको मे १ ज २५७८ नम्बरको ट्याक्सी सडक बाट करिब २ सय मीटर तल झरेको भनी ताप्लेजुङका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक महेन्द्र श्रेष्ठले बताएका छन्।
श्रेष्ठका अनुसार अर्जुनधारा झापाका ४० बर्षिय असोक कार्की, फुङलिङ नगरपालिका-३ का ३७ बर्षिय सोमनाथ दाहाल र सोहि स्थानका ३८ बर्षिय राजेन्द्र दाहाल घाइते भएका छन्।
घाईते मध्ये असोक कार्कीको अवस्था भने गम्भिर रहेको र दुईको अवस्था सामान्य रहेको प्रहरी नायव उपरिक्षक श्रेष्ठले बताएका छन्।घाईतेहरु को उपचार जिल्ला अस्पताल ताप्लेजुङमा भइरहेको छ ।
Discussion about this post