असोज २०, याङ्वरकफोकस
पान्थर फेदेनमा आज सहिद राजकुमार आङ्देम्बे ‘माङ्तोक’ को १३औँ स्मृति सभा सम्पन्न भएको छ।
सहिद ‘माङ्तोक’ लिम्बुवान आन्दोलनको क्रममा २०६४ साल असोज २० गते झापाको केरखामा राज्यद्वारा गोलि हानी मारिएका थिए।
संघीय लिम्बुवान मञ्च,नेपालको कार्यलय फेदेनमा गरिएको उक्त कार्यक्रममा लिम्बुवानको आधुनिक सहिद माङ्तोकको बलिदान र आगामी आन्दोलन बारे उपस्थित विभिन्न संघ/संस्थाका नेताहरुले चर्चा गरेका थिए।
Discussion about this post