असोज २०, याङ्वरकफोकस
हास्यकलाकार हरिबंश आचार्य र उनको श्रीमती रमिला आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ।
सामान्य लक्षण देखिएपछि सोमबार पिसिआर परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको भनी हास्यकलाकार आचार्य ले आफ्नो सामाजिक संजाल फेसबुक मा लेखेका छन्।
आचार्यले स्वास्थ अवस्था सामान्य रहेको र आजसम्म सम्पर्कमा रहेका सम्पुर्ण महानुभावहरु लाई होम आइसोलेसनमा बस्न आग्रह गरेका छन्।
Discussion about this post