असोज २३, याङ्वरकफोकस
माइतीघर र जन्मदिने आमाको सम्झानामा आधारित सुमधुर गीत ‘बनचरी’ बिहीबार OSR Digital युट्युब च्यानल बाट सार्वजनिक भएको छ।
भिडियोमा बालापन मा संगै खेलेका साथीहरु को सम्झाना, जन्मदिने आमा बुवा र आफू हुर्केको ठाउँलाई छोडेर पराई घर जानुपर्दाको पिडा देख्न सकिन्छ।
गीतकार भुमिका सुब्बाको शब्द रचना रहेको यस गीतमा गायिका एलिना चौहान को स्वर रहेको छ। उक्त गीतलाई बिजु कर्माचार्य ले एरेन्ज गरेका हुन् भने भिडियोमा लक्ष्मी बर्देवाको उत्कृष्ट अभिनय देख्न सकिन्छ।
भिडियोलाई किरण चाम्लिङ राईले निर्देशन गरेका छन् । भुपेन्द्र तुम्बाहाङ्फेको छायांकन रहेको छ र सम्पादन अनिल रानाले गरेका छन्।
“बनचरी” भिडियो
Discussion about this post