असोज २३, याङ्वरकफोकस
सरकारको बेथिति, भ्रष्टाचार, कालोबजारी विरुद्ध प्रधानमन्त्रीको गृहजिल्ला झापामा जनता समाजवादी पार्टी (जसपा) ले बिहिवार बाइक र्याली गरेको छ।
जनता समाजवादी पार्टी नेपाल सम्बद्व युवा संगठन (समाजवादी युवा संघ, राष्ट्रिय युवा संघ ) झापा जिल्ला कमिटी द्वारा सरकार विरुद्ध बाइक र्याली आयाेजना गरिएको थियो।
बाइक र्यालि दमक देखी काँकडभिट्टा सम्म बृहत् खबरदारी सहित सम्पन्न भएको भनी जसपा निकट युवा संगठनका जिल्ला अध्यक्ष महेन्द्र कट्वालले बताएका छन्। र्यालीकाे उद्घाटन पार्टीका केन्द्रीय नेता नित्यानन्द ताजपरियाले रिवान काटेर गर्नु भएकाे थियाे भने र्याली काँकडभिट्टा बजार परिक्रमा गरि भन्सार चाेकमा कोणसभा गरेर समापन भएको थियो।
काेणसभालाई पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश संसद राधा थापा, जिल्ला अध्यक्ष दिपेन बाला राई, पुर्व राजपाका जिल्लाका बरिस्ठ नेता सन्ताेष गणेश, राष्ट्रिय युवा संघका प्रदेश अध्यक्ष राेशन लिम्बु र समाजवादी युवा संघ प्रदेश महासचिव पवन विष्टले सम्बोधन गरेका थिए भने समापन समाजवादी युवा संघ झापाका जिल्ला अध्यक्ष महेन्द्र कटुवालले गरेका थिए ।
र्यालीमा पार्टीका केन्द्रीय नेताहरु विश्वानाथ राजवंशी, भक्त खेवाङ, धनप्रसाद गुरुङ, निर्मला तावा, केन्द्रीय सचिवालय सदस्य रजनी श्रेष्ठ, केन्दिय सदस्य सराेज श्रेष्ठ, प्रदेश उपाध्यक्षहरु टाईसन लिम्बु, रमेश तुया राई, ताेया न्याैपाने, राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष हेमराज श्रेष्ठ, समाजवादी युवा संघका केन्द्रीय सदस्य रमेश तुम्राेक साथै पार्टीका संघिय परिषद सदस्य, प्रदेश सदस्यहरु युवा, विद्यार्थी, महिला संगठनका केन्द्रीय नेताहरु, प्रदेश र जिल्लाका नेताहरु लगायत करिव ३ सय बाइक सहित र्याली सम्पन्न भएको थियो।
Discussion about this post