असोज २३, याङ्वरकफोकस
मलेसियामा काम गर्न गएका सुनसरी इटहरी १० खनारका प्रवेश चौधरी मलेसिया को कानुन उल्लंघन गरेको आरोपमा बिगत ३ महिना एता जेल जिबन बिताइरहेका छन। प्रबेस लाइ छुटाईदिने र स्वदेश फिर्ता गराइदिने आश्वासन देखाइ मलेसियामै कार्यरत एक नेपालिले पिडित परिवार सङ लाखौं रकम ठगि भएको पाइएको छ।
मलेसियामा मै काम गर्दै आएका बिराटनगर नेपाल चोक घर बताउने सैलेन्द्र चौधरि ले पीडित प्रवेश चौधरी को घर मा सम्पर्क गरी छुटाइदिने भन्दै पटकपटक गरेर एक लाख साठि हजार रुपैयाँ लिएको पीडित परिवार ले बताए ।
मलेसियामा रहेको नेपालीराजदुतावास क्वालालम्पुर सङ आफु सम्मन्य गरिरहेको र स्वदेश फिर्ता हुन लाइ हवाइ टिकट समेत दिसकेको र आफ्नो पहुँच दूतावासमा राम्रो रहेको आबस्यक कागजात मिलाएर एहि अक्टोबर १६ तारीख सम्म मा छुटाइदिने आश्वासन पीडित परिवारलाइ सैलेन्द्रले दिएको परिवारका सदस्यले बताए ।
तर उता मलेसिया स्थित नेपालि राजदुतावास मा प्रबेस नाम गरेको कसैको लागि टिकट नदिएको बताएको छ। परिवारका सदस्य हरुले अहिलेसम्म पटकपटक गरेर सैलेन्द्र ले भनेको बैंक एकाउन्टमा एक लाख साठिहजार रुपैया पठाइसकेको बैंक भौचर समेत सुरक्षीत रहेको बताए ।
एसो त मलेसियामा यो पहिलो घटना भैने हैन दूतावास वरपर रहेर थुप्रै बहानामा मलेसियामा काम गर्न गएका श्रमिक ठगिमा पर्दै आएका छ्न । स्रोत : मलायखबर
Discussion about this post