असोज २३, याङ्वरकफोकस । पान्थरको हिलिहाङमा संघीय लिम्बुवान मञ्च नेपालले अधिवेशन आयोजक समिति गठन गरिएको छ।
हिलिहाङ गाउपालिका-६ चतुरे बजारमा शुक्रबार उपस्थित भएको भेलामा बजिन लावतीको संयोजकत्वमा वडा अधिवेशन आयोजक समिती गठन गरिएको हो । समितिको सहसंयोजकमा दुर्गा यवा र सदस्यसचिवमा धनसिङ लिङ्देन सहित १५ सदस्य रहेका छन् । साथै कैलाश यवाको संयोजकत्वमा ५१ सदस्यीय संघीय युवा मञ्च पनि गठन गरिएको छ।
उक्त भेलालाई संगठनका केन्द्रीय महासचिव संगम खनाल, जिल्ला उपाध्यक्ष चन्द्रराज आङ्देम्बे, क्षेत्रीय कार्यसमितिका सदस्य हंस लावति, हिलिहाङ गाउँपालिका कार्यसमिति अध्यक्ष चन्द्रकुमार लिङ्देन, फालेलुङ गाउँपालिका कार्यसमिति सचिव कुमार यवा मौसम, संघीय युवा मञ्च जिल्ला अध्यक्ष आधार घिमिरे, उपाध्यक्ष गगन जबेगु, युवा नेता पुष्पहाङ लोवा लगायतले सम्बोधन गरेका थिए।
Discussion about this post