असोज २४, याङ्वरकफोकस
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र नेपालका लागी भारतीय राजदूत विनय मोहन क्वात्रा बीच शुक्रबार शिष्टाचार भेट भएको छ।
सिहंदरवारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्रा बीच दुई देशबिचको हवाई, पर्यटन तथा संस्कृतिका बारेमा छलफल भएको थियो।
उक्त भेटमा भैरहवा नाका बाट उडान प्रवेश गर्ने साथै नेपालगञ्ज र महेन्द्रनगर नाकाबाट पनि उडान अनुमतिका लागी छिट्टै निष्कर्षमा पुर्याउनेबारे उडान तर्फ छलफल भएको थियो। पशुपति, लुम्बिनी, जनकपुरलाई विशेष धार्मिक तथा सांस्कृतिक गन्तव्यकारुपमा विकास गर्नेबारे सम्झौता भएको छ।

Discussion about this post