असोज २४, याङ्वरकफोकस । प्रधानमन्त्री केपि शर्मा ओलिले शुक्रबार गैरआवासीय नेपाली सङ्घ(एनआरएनए)को दोस्रो ज्ञान सम्मेलन उद्घाटन गर्दै कोरोनाबाट नागरिकको रक्षा गर्ने सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।
आयुर्वेदिक र एलोप्याथिक दुवै क्षेत्रको सहयोगबाट कोरोना भाइरस विरुद्ध जडीबुटी तयार गर्ने प्रधानमन्त्री ओलिले बताएका छन् । भान्सामा प्रयोग भइरहेका औषधिमय चिजहरुमा बढी मात्रामा कोरोना विरुद्ध लड्नसक्ने औषधि रहेको पनि उल्लेख गरेका छन्। कोरोना विरुद्ध लड्न ज्ञान, अनुभव र सीपको विकास गर्न थप खोज र अनुसन्धान गर्न आवश्यक रहेको जानकारी दिए ।
Discussion about this post