असोज २५, याङ्वरकफोकस । पान्थर जिल्लाको फेदेन नगरपालिका-१० याङनाममा संघीय लिम्बुवान मञ्चको अधिवेशन आयोजक समिति गठन गरिएको छ । याङनाममा शनिवार भएको भेलाले प्रेमकुमार हाङ्सरुम्बाको संयोजकत्वमा २१ सदस्यीय समिति गठन गरिएको हो ।
समितिको सहसंयोजकमा गौरव हाङ्सरुम्बा, सदस्यसचिवमा राजकुमार नेम्बाङ, सहसचिवमा मिना हाङ्सरुम्बा र अर्थसचिवमा प्रीया लोवा गरि २१ सदस्यीय समिती गठन भएको संघीय लिम्बुवान मञ्चका जिल्ला कार्य समिती अध्यक्ष सागर केरुङले जानकारी दिएका छन् ।
Discussion about this post