असोज २५, याङ्वरकफोकस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको छ । गत सोमबार कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटीभ आएको र शुक्रबार बेलुकाबाट हल्का ज्वोरोको महशुस भएर शनिबार पुन: कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटीभ देखिएको मन्त्री भट्टराईले आफ्नो सामाजिक संजाल फेसबुकमा जानकारी दिएका छन्।
हालसम्म हल्का ज्वोरो बाहेक अरु समस्या नदेखिएको तथा आफूसंग संपर्कमा आएका व्याक्तिलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परिक्षण गरी ढुक्क हुन फेरबुक मार्फत अनुरोध गरेका छन् ।
Discussion about this post