असोज २५, याङ्वरकफोकस । झापाको कमल गाँउपालिका-२ त्रिवेणी चोकमा आफ्नै श्रीमती हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ परेका छन् । ३४ बर्षिय रामजी थापालाई २४ बर्षीय श्रीमती रिता थापाको हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यलय झापाले शनिबार साझँ ६ बजे पक्राउ गरेको हो । प्रहरीको अनुसार घरायसी विषयमा विवाद हुदा थापाले धारिलो हतियारले घाँटीमा प्रहार गरेर हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ।
श्रीमतीको हत्या गर्ने थापालाई कर्तब्य ज्यान मुद्दामा अन्तर्गत कानुनी कारबाही गरिने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
Discussion about this post