असोज २६, याङ्वरकफोकस । साहित्यकार, गीतकार, तथा नवगायिका चोमु शेर्पा खुशीको ‘कामना छ’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । आइतबार खुसि ईन्टरटेन्मेन्ट नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
उक्त गीतमा नवगायिका शेर्पाकै शब्द रहेको छ भने डिबि(सर्वश्रेष्ठ)ले म्युजिक भरेका छन् । राजु कार्कीको एरेन्ज रहेको गीतलाई किङ्ग रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । भिडियोमा भुवन सिङ राई, सारा राई र गायिका शेर्पाको उत्कृष्ट अभिनय देख्न सकिन्छ । यस भिडियोलाई किरण राईले निर्देशन, सम्पादन तथा छायांकन गरेका हुन् । भिडियोमा पारिवारिक सम्बन्धमा देखिएको प्रेम पछी बिछोड, त्याग अनि जिवनमा पुनः खुशी देखाइएको छ।
‘कामना छ’ भिडियोमा
Discussion about this post