असोज-२६, डेस्क । झापाको बिर्तामोडमा करेन्ट लागेर पांचथरका एक युवकको ज्यान गएको छ । पाँचथर फिदिमका २४ बर्षीय शिव तुम्बाहाम्फेको करेन्ट लागेर आइतवार ज्यान गएको हो ।
फिदिम घर भएका तुम्बाहाम्फे झापा बिर्तामोडमा आफ्नो सानीआमाको घरमा केही दिन अगाडी गएका थिए ।सानीआमाको घर नजिकै रहेको नालामा माछा मार्ने क्रममा करेन्ट लागेर आइतवार साझँ ६ बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । तुम्बाहाम्फे संगै माछा मार्न गएका हरी प्रसाद रिमाललाई समेत करेन्ट लागेको र रिमालको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।
Discussion about this post