असोज २६, याङ्वरकफोकस
५० करोडको जग्गा किर्ते गरी ठगी गरेको अभियोगमा केवल प्रताव जंग बहादुर राणा पक्राउ परेका छन्।
ललितपुरको कुसुन्ती बस्दै आएका राणालाई आइतबार साँझ केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।
ब्युरोका अनुसार उनलाई रातोपुलको साधना गल्लीस्थित डेराकोठाबाट पक्राउ गरिएको हो। राणाले कमलादेवी राजभण्डारीको नाममा सर्पाको वीरगञ्जमा रहेको पाँच कठ्ठा, १५ धुर, नौ कन्वामा बनेको घरजग्गा मुकेश राजभण्डारी बनेर विक्री गर्न खोजेका थिए । मालपोत कार्यालयका कर्मचारीहरु सँग मिलेमतोमा गिरधारीलाल अग्रवाललाई विक्री गर्न ५० लाख बैना समेत लिएका थिए ।
घटनाबारे जानकारी पाएपछि राजिव राजभण्डारी समेतले ब्यूरोमा जाहेरी दरखास्त दिएपछि राणालाई पक्राउ गरिएको थियो । उनले मुकेश राज भण्डारी किर्ते नाम लेखाउँदा ५० वर्ष उमेर र ललितपुर महानगरपालिका ३ ठेगाना लेखेको ब्यूरोले बताएको छ। -रासस
Discussion about this post