असोज २७, याङ्वरकफोकस । दुधकोशीमा पक्की पुल बनाउन प्रदेश-१ का मुख्यमत्री शेरधन राईले सोमबार शिलान्यास गरेका छन् ।
उदयपुरको वेलका नगरपालिका ७ र भोजपुरको हतुवागढी गाउँपालिका ९ जोड्ने पक्की पुल निर्माण हुने भएको छ । उक्त पुलबाट भोजपुर जिल्लालाई तराईको जिल्ला सँग जोड्ने छ। पुलको शिलान्यास गर्दै राईले भोजपुरको आर्थिक, सामाजिक, पर्यटन बिकास एवम् समग्र बिकासमा टेवा पुग्ने बताएका छन् ।
यस पक्की पुलको लागत २१ करोड २३ लाख १२ हजार रुपियाँ रहेको छ । ९०.६ मिटर लम्बाई र ७.५ मिटर चौडाइको डबल लेनको पुल स्टिल ट्रष्ट व्रिज ओपन फाउण्डेसन डिजाइनमा निर्माण हुने भएको छ। कालिका प्यासिफिक जेवी निर्माण कम्पनि काठमाडौले पुलको निर्माण सम्झौता गरेको छ । पुल निर्माण दुई बर्ष भित्र सक्नुपर्ने सम्झौता गरिएको छ ।
Discussion about this post