असोज २७, याङ्वरकफोकस । महानायक राजेश हमाल “जातका प्रश्न” नामक कार्यक्रमको कारण विवादमा परेका छन् । हिन्दु विरोधी कार्यक्रम संचालन गरेको भन्दै विवादमा परेका हुन् ।
विनय यादवको संयोजक रहेको राष्ट्रिय एकता अभियानले काठमाडौको भिमसेन गोलामा सोमबार हमालको फोटो जलाएर तथा फोटोलाई कुल्चेर बिरोध गरेका छन् । संयोजक यादवले उक्त कार्यक्रम हिन्दु विरोधी रहेको र हिन्दु धर्मावलम्बीहरुलाई अपमान गरेको भन्दै आक्रोश पोखेका थिए । समाजलाई फाटो ल्याउने काम गरेको, कृश्चियनको पैसा खाएर हिन्दु धर्मावलम्बीहरुको अपमान गरेको भन्दै हमाल खलनायक भएको आरोप समेत लगाएका छन् । साथै कार्यक्रम तत्काल रोकेर माफी माग्न समेत माग गरेका छन्।
नेपाली समाजमा भएको विभेद, जातीय छुवाछूत अन्त्यका लागि संचालित कार्यक्रम(जातको प्रश्न)को हमाल प्रस्तोता हुन् ।
Discussion about this post