असोज २९, याङ्वरकफोकस / पान्थर जिल्लाको हिलिहाङ गाउँपालिकामा संघीय लिम्बुवान मञ्च,नेपालले एक दिने ‘राजनैतिक तथा सांगठनिक प्रशिक्षण’ कार्यक्रम सम्पन्न गरेको छ।
हिलिहाङ ६ स्थित खानेपानी कार्यालयको सभाहलमा बुधबार भएको कार्यक्रममा जिल्ला उपाध्यक्ष चन्द्रराज आङ्देम्बे, संघीय युवा मञ्च जिल्ला अध्यक्ष आधार घिमिरे, उपाध्यक्ष गगन जबेगु, युवा नेता पुष्पाहाङ लोवा लगायतको उपस्थितिमा करिब ५६ जना सहभागी थिए।
गाउँपालिका स्तरीय एकदिने ‘राजनैतिक तथा सांगठनिक प्रशिक्षण’ कार्यक्रमलाई संगठनका महासचिव संगम खनालले प्रशिक्षण दिएका थिए।
जिल्लाका सम्पुर्ण निकायमा प्रशिक्षण कार्यक्रम सन्चालन भइरहेको भनी जिल्ला अध्यक्ष सागर केरुङले बताएका थिए । कार्यक्रम समापन संघीय लिम्बुवान मञ्च,नेपाल हिलिहाङ गाउँपालिकाका अध्यक्ष चन्द्रकुमार लिङ्देनको अध्यक्षतामा भएको थियो।
Discussion about this post