असोज २९, याङ्वरकफोकस / धनकुटामा एक महिलाले बलात्कार गर्न खोज्ने पुरुषलाई धारिलो हतियार प्रहार गरी हत्या गरेकी छन् ।
महालक्ष्मी नगरपालिका-१ मारेककटहरे घुमाउँनेकी ३० बर्षीया कमला गुरुङले आफुमाथी बलात्कार प्रयास गर्ने स्थानीय लीलबहादुर गुरुङको हत्या गरेकी हुन् । बलात्कार प्रयास गरेपछि महिलाले प्रतिकारमा धारिलो हतियार प्रहार गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
मंगलबार राती १० बजे तिर ढोका फुटाएर आफुमाथी बलात्कार गर्ने प्रयास गरेपछि धारिलो हतियार प्रहार गरेको भनी कमलाले बयान दिएकी छन् । अनुसन्धानले पनि बलात्कारको प्रतिकारमा हत्या भएको प्रहरीले जनाएको छ ।
मृतकको शवलाई पोष्टमार्टमका लागी जिल्ला अस्पताल लगिएको छ।
मृतक लीलबहादुर को दुई छोरा छन् भने कमलाका श्रीमान बैदेशिक रोजगारीको सिलसिलामा १५ महिना अघि दुवई गएका थिए। उनीहरु को ११ बर्षे छोरा पनि रहेको र छोरा साथमा भएका बेला घटना घटेको थियो।
कमलालाई नियन्त्रणमा लिइसकेको र घटनाको बिषयमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
Discussion about this post