२९ असोज/ बानेश्वरको ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि एकजनाले खुकुरी खोसेर गार्डलाईनै प्रहार गरेकाछन।
बैंकमा पुगेका एकजना सेवाग्राहीले सामान्य विवादमा सुरक्षा गार्ड रुद्रबहादुर मगरको खुकुरी खोसेर प्रहार गरेका हुन् ।
खुकुरी हान्ने व्यक्तिको खोजी भइरहेको बानेश्वरका डीएसपी दक्षकुमार बस्नेतले अनलाइनखबरलाई बताए । उनका अनुसार सेवा प्रवाहको विषयमा झगडा भएको थियो ।
घाइते मगरको अहिले बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ । ‘उहाँको हातमा चोट लागेको छ’, बस्नेतले बताए।
Discussion about this post